तिजकाे मुखैमा सुनचाँदीकाे भाउमा दैनिक बृद्धी, नयाँ रेकर्ड कायम

Investopaper, भाद्र ०९, २०७६

तिजकाे रमझम, नारीहरूले छपक्कै गहनाले ढाकिने समय तर सुनचाँदीकाे भाउ दैनिक बढेकाे बढ्यै छ । हिजाे मात्र प्रति ताेला १ हजार २ सयले उकालो लाग्दै नयाँ रेकर्ड कायम गरेकाेमा आज पुनः हजार रूपैयाले बृद्धी भएकाे छ । आज कायम भएकाे सुनचाँदीकाे मूल्य हालसम्मकै उच्च रहेकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाला सुन प्रतितोला १ हजार रूपैयाँले बढेर ७३ हजार ५ सय रूपैयाँ कायम भएकाे छ । आइतबार नेपाली बजारमा छापावाला सुन प्रतितोला  ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँमा काराेवार भएकाे छ । तेजावी सुनकाे भाउ पनि प्रति ताेला १ हजार रूपैयाँले बढेकाे हाे ।

सुनकाे भाउ सँगसँगै चाँदीको मूल्य पनि बढेर नयाँ उचाइ कायम गरेकाे छ । हिजाे आइतबार चाँदीको मूल्य प्रतितोला ८ सय ५० रूपैयाँ थियाे भने आज साेमवार चाँदीकाे मूल्य १० रूपैयाँले बढेर ८ सय ६० रूपैयाँमा खरिदबिक्री भएको छ ।

सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुस्किलले १० किलो पनि बिक्री हुन नसकेको महसंघले जनाएको छ । अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *