आज सुनकाे भाउ स्थिर, चाँदीकाे भाउमा गिरावट

इन्भेष्टाेपेपर ।  भाद्र ५, २०७९

काठमाण्डाैँ । आज नेपालकाे स्थानिय बजारमा पहेलाे धातु सुनकाे भाउमा कुनै पेरबदल भएकाे छैन । सुनकाे भाउ आज स्थिर रहेकाे छ भने चाँदीकाे भाउमा भने सामान्य गिरावट आएकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार ५ सय रूपैयाँमा खरिदबिक्री भैरहेकाे छ । हिजाे पनि नेपाली बजारमा छापावाला सुन प्रतितोला  ९५ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँमा काराेवार भएकाे छ । तेजावी सुनकाे भाउ पनि स्थिर रहेकाे छ ।

आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएकाे छ । हिजाे चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८० रूपैयाँ थियाे भने आज चाँदीकाे मूल्यमा प्रतिताेला १० रूपैयाँले घटेर १ हजार १ सय ७० मा खरिदबिक्री भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७६ डलर आसपासमा कारोबार भइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *