मालिङ्गा बने टी-२० क्रिकेटमा १०० विकेट लिने पहिलाे खेलाडी
Investopaper, भाद्र २१, २०७६
श्रीलंकाका तिब्र गतिका बलर लासिथ मालिङ्गा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ सय विकेट लिने पहिलो खेलाडी बनेका छन् । न्युजिल्यान्डसँग केन्डीमा शुक्रबार भएको खेलमा लगातार ४ विकेट लिँदै उनले ह्याट्रिकसहित सय विकेट लिने पहिलाे खेलाडीमा दर्ज भए ।
घरेलु मैदानमा पहिले ब्याटिङ गर्दै श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२५ रन बनाएको थियो । मालिंगाले चार ओभरमा केबल ६ रन दिएर पाँच विकेट झारे पछि न्युजिल्याण्ड १६ ओभर खेल्दै ८८ रनमा समेटियो । उनले तेश्राे ओभरकाे तेश्राे बलदेखि लगातार ४ विकेट लिनेक्रममा ह्यामिस रदरफोर्ड, कोलिन डी ग्रान्डहोम र रस टेलरलाई आउट गरेका थिए ।
मालिंगा टी-२०मा डबल ह्याट्रिक गर्ने पहिलो बलर बने । टी-२० को इतिहासमा मालिंगाको यो दोस्रो ह्याट्रिक हो । यसअघि उनले बंगलादेशविरुद्ध सन् २०१६-१७ मा आफ्नो पहिलो ह्याट्रिक गरेका थिए ।
मालिंगा टेस्ट, वनडे र टी-२० मा एकसय भन्दा बढी विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् । उनी टी-२० मा एक सय विकेट लिने पहिलो बलर हुन् भने टेस्टमा १ सय १ र वनडेमा ३३८ विकेट लिएका छन् ।
टी-२० क्रिकेटमा पाकिस्तानका स्पिनर शहिद अफ्रिदीको ९७ विकेट रहेकाे छ । यस खेलमा मालिंगाले ५ विकेट झार्दै उनलाइ उछिनेका हुन । श्रीलंकाकाे भ्रमणमा अाएकाे न्यूजिल्याण्डकाे टाेलिले २-१ काे अन्तरले टी-२० सिरिजमा भने कब्जा जमाएकाे छ ।
— एजेन्सी
