मुक्तिनाथ विकास बैंकद्धारा अटीजम केयर नेपाल सोसाइटीलाई सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अटीजम केयर नेपाल सोसाइटी, कास्कीलाई तालिम भवन निमार्णका लागि रु १००,०००(अक्षेरुपी एक लाख मात्र) वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको छ ।

यस अटीजम केयर नेपाल सोसाइटी, कास्कीले जिल्ला भरी रहेका अटीजम (फरक रुपमा सक्षम) भएका बालबालिकाहरुको क्षेत्रमा विभिन्न तालिम तथा क्रियाकलापहरु गर्दै आइरहेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री समीर शेखर बज्राचार्यले अटीजम केयर नेपाल सोसाइटीका कोषाध्यक्ष श्री सरु अधिकारीलाई हस्तान्तरण गर्नु भएको थियो ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेकोे बैंकका प्रमुख सुचना अधिकारी श्री तिल बहादुर गुरुङ्गले बताउनु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *