पीपीएल क्रिकेटको दोस्रो संस्करण कात्तिक अन्तिम साता

Investopaper, असाैज ०७, २०७६

काठमाडौँ — पोखरा प्रिमियर लिग (पीपीएल) को दोस्रो संस्करण कात्तिकको अन्तिम साता सुरु हुने भएको छ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट्स प्रालीले सोमबार आउदो संस्करणका लागि मिति सार्वजनिक गरेको हो ।

पीपीएलको दोस्रो संस्करण कात्तिक २६ गते देखि मंसिर ७ गते सम्म पोखरामा हुने भएको क्विन्सका कार्यकारी निर्देशक छुम्बी लामाले प्रेस विज्ञप्तीमार्फत जनाएका छन्।

पोखरा रंगशालामा भएको पहिलो संस्करणमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं रोयल्स र धनगढी ब्लुजले प्रतिस्पर्धा गरेका थिए।

शदर भेषावकरको कप्तानीमा रहेको पोखराले गत वर्ष चितवनलाई ४ विकेटले पराजित गर्दै पहिलो संस्करणको उपाधि जितेको थियो। नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेको र पीपीएल आयोजनाबाट त्यसमा सकरात्मक सन्देश पुग्ने आयोजकको विश्वास छ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *