मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

Investopaper, असाैज १७, २०७६

मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघुबैंकिङ्ग कार्यालय, बुढिबजारमा सदस्य रहनुभएका विष्णुमाया वरालको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

बैंकका कर्जाग्राही वरालकाे आकस्मिक मृत्यु पश्चात भुक्तान गरी सकेको साँवा र ब्याज बापतको रकम रु. २७३,९८३।– (दुई लाख त्रिहत्तर हजार नौ सय त्रियासि रुपैयाँ मात्र) मिनाहा तथा फिर्ता गरेकाे छ । साथै बैंकले काजकिरिया खर्च वापत रु ५,०००।– (पाँच हजार मात्र ) सहयाेग र स्वरूप उपल्व्ध गराएकाे छ ।

उक्त रकम स्व. विष्णुमाया वरालको छोरा तथा निजले इच्छाएको व्यक्ति श्री सुर्य प्रसाद वराललाई क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रमुख श्री वावुराम ढकाल, बुढिबजार शाखाका शाखा प्रमुख रामचन्द्र रानाभाट तथा साना लघुवैकिङ्क प्रमुख श्री धु्रव राज घिमिरे र पोखरा –२७, का वडाध्यक्ष श्री धन वहादुर नेपालीले संयुक्तरूपमा चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *