९५ वर्षीय पूर्व अमेरिकी राष्ट्रपति कार्टर गरीवका घर बनाउन व्यस्त

Investopaper, असाैज २२, २०७६

सन् १९७७ देखि १९८१ सालसम्म अमेरिकाकाे राष्ट्रपति बनेका जिमी कार्टर गत मंगलबार ९५ वर्ष पुगे । यस अवसरमा उनले आफ्नाे निवास जर्जियामा कुनै कार्यक्रम आयोजन गरेका थिएनन् ।

पूर्व राष्ट्रपति कार्टर यस उमेरमा पनि कुनै थकाइ महसुस गर्दैनन् । उनी निरन्तर गरिबी जनताकाे जीवन उकास्न काम गरिरहने समाचार जनाइएकाे छ । कार्टर र उनकी पत्नी रोजलिन अमेरिका, एशिया तथा अफ्रिकाकाे विभिन्न स्थानमा पुगेर पछिल्लाे ३६ वर्षदेखि गरिबका लागि घर बनाउँदै आएका छन् ।

१ अक्टाेबर १९२४ सालमा जन्मेका पूर्व राष्ट्रपति कार्टर आजसम्म अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरसम्म जीवित हुने राष्ट्रपति बनेका छन् । उनी पहिले याे रेकर्ड जर्ज एच.डब्लू. बुशकाे नाममा रहेकाे थियाे । बुशकाे निधन ९४ वर्ष १७१ दिनकाे उमेरमा निधन भएकाे थियाे । कार्टरले यही वर्षकाे मार्च महिनादेखि याे रेकर्ड आफ्नाे नाममा लेखाएका हुन् ।

— एजेन्सी/नयाँ पत्रिका

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *