प्रभु बैंकद्वारा लाभांशकाे घाेषणाः बाेनस कति ?
Investopaper, असाैज २३, २०७६
प्रभु बैंक लि.ले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीहरूकाे लागि लाभांश घोषणा गरेको छ।
प्रभु बैंकको असोज १७ गते बसेको १६० औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको छ।
उक्त प्रस्ताब नेपाल राष्ट्र बैंककाे स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा वितरण हुनेछ।
हाल बैंकको चुक्तापुंजी ८ अर्ब ८९ करोड २६ लाख छ। १६ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापुंजी १० अर्ब ३१ करोड पुग्नेछ।

