कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंक विच प्रिपेडकार्ड सम्वन्धि सम्झौता
Investopaper, असाैज २९, २०७६
कृषि विकास बैंक लि. र राष्ट्रिय सहकारी बैंक लि. विच एनपिआरमा प्रिपेड कार्ड जारी गर्नका निमित्त सम्झौता सम्पन्न भयो ।
उक्त सम्झौतामा कृषि विकास बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्याय र राष्ट्रिय सहकारी बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बद्रि गुरांगाईले हस्ताक्षर गर्नु भएको थियो ।
सम्झौता पश्चात कृषि विकास बैंक लि. मार्फत राष्ट्रिय सहकारी बैंक लि. संग आवद्ध सम्पूर्ण सदस्यहरुलाई प्रिपेड कार्ड उपलव्ध गराउने भएकोले ग्रामिण क्षेत्रका दुरदराजमा रहेका सहकारी सदस्यहरुलाई आधुनिक बैंकिङ्गका अत्याधुनिक सेवाबाट लाभान्वित हुने अवसर मिल्नेछ ।
उक्त अवसरमा कृषि विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्यायले कृषि विकास बैंक लि.लाई उल्लेखित सेवा गर्ने मौका दिनु भएकोमा सम्बद्ध पक्षलाई धन्यवाद दिंदै यस सम्झौताले भविष्यमा वित्तीय साक्षरताबाट बन्चित भएको समूहलाई समेत बैकिङ्ग सेवामा आवद्ध गर्न ठूलो मद्दत पुग्ने जानकारी गराउनु भएकाे थियाे ।
सोहि अवसरमा राष्ट्रिय सहकारी बैंक लि. का प्रमुख कार्यकारी अधिकृत श्री बद्रि गरांगाईले कृषि विकास बैंक लि.ले उल्लेखित सेवा प्रदान गर्न लागेकोमा कृषि विकास बैंक लि. परिवारलाई हार्दिक धन्यवाद दिनुका साथै भविष्यमा यस सम्झौताका कारणले दुर्गम ग्रामिण क्षेत्रहरुमा रहेका वासिन्दाहरुको बैकिङ्ग पहुंचमा वृद्धि हुने बताउनु भयाे ।
उक्त अवसरमा कृषि विकास बैंक लि.का उप–महाप्रबन्धकहरु, विभागीय प्रमुखहरु तथा सम्वन्धित शाखाका शाखा प्रमुख र राष्ट्रिय सहकारी बैंकको तर्फबाट अन्य प्रतिनिधीहरुको समेत सहभागीता रहेको थियो ।
