नेपाली बजारमा उपलव्ध इन्ट्रीलेवलका उत्कृष्ट अटोमेटीक कारहरु
Investopaper, कार्तिक ०६, २०७६
नेपाली बजारमा पछिल्ला दिनमा अटोमेटीक गियर भएको कार भित्रीए संगै नेपालीहरूको आकर्षण बढ्दै गएको छ। उपत्यकाको जामले साधन प्रयोग कर्ता मात्र नभएर आम मानिस निकै हैरानी भोगीरहेका छन्। ट्रफिक जाम कम गर्न र छिटो छरितो प्रयोग गर्न अटोमेटीक कार पहिलो र उत्तम विकल्प हुनसक्छ।
प्रतिस्पर्धा संगै नेपाली बजारमा चाडँ पर्बलाई मध्यनजर गर्दै सस्ता र इन्ट्री लेवलका उत्कृष्ट अटोमेटीक कारहरु धमाधम बिक्री भइरहेका छन् जस्तै; फोर्डको फिगो, रेनो क्विड र हुण्डाई ग्राण्ड आई १० लाेकप्रियता बढदै गैरहेकाे छ ।
- फोर्ड फिगो-;

१४९७ सिसि क्षमताको इन्जिन भएको फोर्ड फिगो टाइटेनियम अटोमेटीक गियर बक्समा उपलब्ध रहेको छ। यो कारमा ५ स्पिड अटोमेटीक गियर दिइएको छ। फोर्ड फिगोको नेपाली वजारमा यसको मूल्य ३२ लाख ९० हजार रहेको छ। यसमा उत्कृष्ट डिजाईनमा जडान भएको इन्जिनले ६५०० आरपीएममा १२३ बीएचपी र ४५०० आरपीएममा १५० एनएम टर्क दिन्छ। फोर्ड कम्पनीले आफ्ना गाडीलाई सधै सुरक्षित तरिकाले डिजाईन दिएको पाइन्छ र फोर्ड फिगो अटोमेटीक कारमा पनि सुरक्षाको लागि दुई एयरब्याग जडान भएको यो कारमा एबिएस सुबिधा दिइएको छ।
हरेक कम्पनीको गाडी प्रतिस्पर्धा संगै माइलेजलाई पनि विशेष रुपमा राखिएको पाईन्छ। फोर्ड फिगो टाइटेनियम कारले सहरी क्षेत्रमा प्रति. लि. १२ किलोमिटर र हाइवेमा प्रति.लि. १७ माइलेज दिने कम्पनीले दाबी गरेको छ।
नेपाली बजारमा फोर्डका कारहरु अधिकृत बितरक (GO Automobiles Pvt. Ltd, Thapathali , Kathmandu) ले बिक्री गर्दै आइरहेको छ।
- रेनो क्विडः

रेनो क्विड कारले पनि नेपाली बजारमा आफ्नो उपस्थिति बढाए संगै रेनो क्विड बजारमा ल्याएको छ। क्विड अटोमेटीक गियर सिफ्ट प्रबिधि भएको कार हो, जुन पूर्ण रुपमा अटोमेटीक कार हो। नेपाली बजारमा २ मोडलमा उपलब्ध यो कार आरएक्सटी(o) अटोमेटीकम गियर सिफ्टमा उपलब्ध छ भने म्यानुअलमा दुवैमा उपलब्ध छ।
रेनो क्विड १०००सी सी क्षमता भएको इन्जिन जसले ६७ बिएचपीमा ९१ एनएम टर्क पावर जेनेरेट गर्छ। व्विड १.० एल(L) इन्जिनको साथ अटोमेटीक गियर सिफ्ट प्रविधि भएको रेनोको इन्ट्रीलेवल कार हो। यो आरएक्सटी(o)पूर्णत अटोमेटीक कार होइन। यो कारको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहको छ र यसमा रोटरी डायल गियरबक्स लगाईएको छ।
आरएक्स्टी मोडलको मूल्य २४लाख ९० हजार रुपैयाँ र म्यानुअल मोडलको मूल्य २३ लाख ९० हजार रुपैयाँ देखि सुरु रहेको छु। क्विड कारले प्रति.लि. २३ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ। नेपालमा रेनो क्विड कारहरु(Advance Automobiles Pvt.Ltd) एड्भान्स अटोमोबाइले बीक्रि गर्दै आएको छ।
- ग्राण्ड आई १०ः
होन्डाई भन्ने वित्तिकै नेपाली बजारमा अधिक रुचाइएको कार मध्यको एक हो। नेपालमा सर्वाधिक बिक्रि भएको मोडल मध्यको एक हुन्डाई आई १०(i10) पछिल्लो समयमा ग्राण्ड आई १० ले लोकप्रिय छ। हुन्डाईले ग्राण्ड आइ १० को दुई भेरिएन्टलाई पूर्ण अटोमेटीक गियर (एटी) मा ल्याएको छ।म्याग्ना एटी र स्पोटेज (ओ) एटी यी दुई कम्पनीको इन्ट्री लेवलका अटोमेटीक भेरिएन्ट हुन्। सुरक्षाको हिसाबले पनि यो कार सुरक्षित छ र यस कारमा एयरब्याग जडान संगै एबिएस सुबिधा पनि दिइएको छ।

दुबै कार ११९७ सीसी इन्जिन क्षमता संगै ४ स्पिड अटोमेटीक गियर दिइएको छ। यसमा जडान भएको इन्जिनले ६००० आरपीएममा ८२ बीएचपी र ४००० आरपीएममा ११४ एनएम टर्क उत्पादन गर्ने क्षमता रहेको छ। नेपाली बजारमा स्पोटेज (ओ) आइ १० को मूल्य ३१ लाख ९६ हजार रहेको छ र म्याग्ना (एटी) को मूल्य ३३ लाख ५६ हजार रहेको छ।
नेपालको लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.(Laxmi InterContinental Pvt.Ltd.) ले गर्दै आएको छ।
