तिहार र छठकाे अवसरमा एनसेले ल्यायाे चार गुणा बढी डेटा बोनस याेजना

Investopaper, कार्तिक ०८, २०७६

एनसेल प्राइभेट लिमिटेडले तिहार र छठ पर्वको अवसरमा फोरजीमा डेटा बोनस योजना सार्वजनिक गरेको छ। 

यस अन्तर्गत ग्राहकले चार गुणा बढी डेटाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ। उक्त अफर कात्तिक ८ बाट लागू भई १५ दिनसम्मका लागि सञ्चालनमा रहने कम्पनीले जनाएको छ । 

यस अफरअन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिनको समयावधि भएको ५०० एमबीको डेटा प्याक खरिद गर्ने ग्राकहले चार गुणा बढी डेटा भोल्युमको फाइदा लिन सक्नेछन् । कर बाहेक १५ (कर सहित १९.१५) शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा पाउनेछन् । त्यसैगरी, करबाहेक ७५ रूपैयाँ (कर सहित ९५.७७) शुल्कमा आउने ५०० ।

एमबीको खरिदमा थप १५०० एमबी फोरजी डेटा बोनस स्वरूप पाउनेछन् । यसरी कुल २००० एमबी डेटा पाउन सक्नेछन् ।ग्राहकले सजिलैसँग एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स ४४ ह्यास डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्नेछन्।

चाडपर्वको अवसरमा सञ्चालनमा ल्याइएको यस अफरले ग्राहकलाई थप सुविधा प्रदान गर्ने र आफन्त, परिवारजन र साथीभाइबीच सम्पर्कमा रहिरहन। शुभकामना आदानप्रदान तथा खुसी साटासाट गर्न मदत प याउने विश्वास एनसेलले लिएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *