सिद्धार्थ बैंकको प्रथम त्रयमासको खुद नाफा ५२ करोड
Investopaper, कार्तिक २४, २०७६
सिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०७६/०७७ मा ५२ करोड १४ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा गरेको छ। बैंकको यो मुनाफा गत आवको यसै अवधिको तुलतनामा ३६ लाख रुपैयाँले कम हो।
गत आवको तुलनामा बैंकको कर्मचारी खर्च ५० प्रतिशतले बढोत्तरी, निक्षेप संकलन लागत पनि १.८१ प्रतिशतले बृद्धी तथा गैर सञ्चालन आम्दानी पनि ५७ लाखले घटेको हुँदा नाफा घटेकाे हाे । बैंककाे लगानी तथा असुली ५ प्रतिशतकाे हाराहारीमा रहेता पनि खुद ब्याज आम्दानीको वृद्धि भने १५.२९ प्रतिशत रहेकाे छ ।
बैंकले सार्वजनिक भएको वित्तीय विवरणमा बैंकको शेयरधनी कोष भने २३.३५ प्रतिशतले बढेको छ। गत आवको यसै अवधिमा १ अर्ब ८० करोड १४ लाख रहेको रिटेन्ड अर्निङ्ग २ अर्ब २२ करोड २० लाखमा पुगेको हो। बैंकको जगेडा कोषमा ४ अर्ब १६ करोड ८० लाख रूपैयाँ रहेकाे छ ।
सिद्धार्थ बैंकका प्रमुख बित्तीय सूचकांकहरूः
- बैंककाे चुक्ता पूँजी आठ अर्ब ८८ करोड ७६ लाख ५ हजार रुपैयाँ रहेको छ ।
- बैंकको वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ४७ पैसा रहेको छ।
- बैंकको निष्कृय कर्जा अनुपात १.४० बाट १.२८ प्रतिशतमा झरेकाे छ ।
- आधार ब्याजदर १०.६५ बाट १०.०२ प्रतिशतमा घटेको छ ।
- कोषको लागत ७.२० बाट ७.३२ प्रतिशतमा बढेको छ।
- बैंकको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ २७ पैसा रहेकाे छ ।
- कर्जा निक्षेप अनुपात ७७.३६ प्रतिशत कायम भएकाे छ।
- पूँजी कोष अनुपात १४.२६ प्रतिशत छ र
- मूल्य आम्दानी अनुपात १२.५३ गुणा रहेको छ।
चालु आवको तीन महिना अवधिसम्ममा बैंकले एक खर्ब १८ अर्ब ४० करोड ८२ लाख निक्षेप संकलनबाट एक खर्ब ८ अर्ब ६८ करोड ३२ लाख कर्जा लगानी गरेको गरेकोे छ। यस अवधिमा बैंकले १ अर्ब ४३ करोड १८ लाख खुद ब्याज आम्दानी गरेको छ।
