कामना सेवा बैंककाे लाभांश प्रस्ताव, यसपटक बाेनस नदिने
Investopaper, कार्तिक २७, २०७६
कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ। सञ्चालक समितिको कार्तिक २६ गते साँझ बसेको २८० औं बैठकले ६.८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
बैंकको हाल कायम चुक्ता पूँजी २ अर्ब ५४ करोड रुपैयाँको ६.८ प्रतिशत अर्थात १७ करोड २७ लाख रुपैयाँ (कर सहित) नगद लाभांश प्रस्ताव गरेको छ।
उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ।
कामना सेवा विकास बैंकले गत आर्थिक वर्षमा ३२ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको बैंकले १.५० प्रतिशत बोनस र ८ प्रतिशत नगद लााभांश वितरण गरेको थियो ।

