सिभिल बैंकको साधारण सभा पाैष ६ गते, कुन कुन प्रस्ताव पारित हुँदैछन् ?

Investopaper, मंसिर १५, २०७६

सिभिल बैंक लिमिटेडले नवौँ वार्षिक साधारण सभा पुस ६ गते, आइतबार अमृतभोग, कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे गर्ने भइकाे छ ।

बैंकको साधारण सभामा गत आर्थिक वर्षको मुनाफबाट घोषणा गरेको लाभांश पारित गर्नेछ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि लैजादै छ ।

साधारण सभा तथा नगद लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर २३ गतेदेखि सभा पाैष ६ गतेसम्मका लागि शेयरधनी दर्ता किताब बन्द गर्नेछ। मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *