चिसो बढेसँगै हिउले ढाकियो लाप्राकको नमूना वस्ती
Investopaper, मंसिर २८, २०७६
काठमाडौँ- देश भरिनै गएको वर्ष भन्दा अगावै सुरु भएको जाडो मौसमले पहाडी भेगका केहि स्थान र उत्तरी गोरखामा हिमपात सुरु भएको छ। केही स्थानमा बिहिवार राती देखि (सामागाउँ, साम्दो,लार्के ) लगाएतका क्षेत्रमा लगातार हिमपात भएको स्थानीयले बताएका छन्। गुप्सीपाखा जहाँ लाप्राकको एकिकृत नमूना वस्ती निर्माण भइरहेको त्यहाँ पनि हिउँ परेको स्थानीय सानुमाया रावतले बताइन्। हिउँले गर्दा निर्माणाधिन घरहरु ढाकिएका देखिन्छन्।

हिमाली भेगका स्थानीय हिउँ परेपछि खेतिपाती अन्नबाली राम्रो हुने भन्दै खुशी छन्। अहिले स्थानीयले जौँ, गहुँलगाएतका खद्धान्न बाली लगाएका छन्। आलु कन्दमुलल लगाएत लगाउने तयारी उनीहरुको छ। हिमपातकले गर्दा स्थानीयको जनजीवन कष्टकर संगै दैनिकी कामकाजमा स्थानीय घरबाहिर निस्कन सकेका छैनन् र घरमै आगो तापेर घरभित्रै बसेका छन्। जल तथा मौसम विभागले केही जिल्लामा हिमपात र केही ठाउँमा वर्षा हुने अनुमान गरेको छ।

