मुक्तिनाथ विकास बैंक लि.को तेह्रौं वार्षिक साधारण सभा सम्पन्न

Investopaper, मंसिर ३०,२०७६

मुक्तिनाथ विकास बैंक लि. ले मिति २०७६ मंसिर ३० गतेका दिन पोखरामा आफ्नो तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७५|०७६ को वार्षिक प्रतिवेदन, आ.व. २०७६|०७७ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. ०७५|०७६ को मुनाफाबाट सेयरधनीहरुलाई ०.९३ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभाँस र १७.६० बोनस सेयर सहित) १८.५३ प्रतिशत लाभाँस वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

बैँकका सञ्चालक समितिका अध्यक्ष श्री खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य श्री नारायण प्रसाद पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा मन्तव्य राख्नु भएको थियो । सोही समारोहमा बैंकका पूर्व अध्यक्षहरु श्री खगेन्द्रराज रेग्मी र श्री मीन प्रसाद गुरुङ्गले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७५्|०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदन उपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पार्नुभएको थियो ।

यस वार्षिक साधारण सभामा बैंकको नयाँ सञ्चालक समिति पनि गठन भएको छ । सञ्चालक समितिमा संस्थापक कार्यकारी प्रमुख लगायत ५ जनाको सञ्चालक समितिका सदस्यहरु सर्वसम्मत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा श्री भरतराज ढकाल, श्री गजेन्द्र मान श्रेष्ठ, श्री रविन्द्र मान श्रेष्ठ, श्रीमती निर्मला कुमारी के.सी. (कार्की) र श्री शालिग्राम मिश्र को चयन भएको बैंकका प्रमुख सुचना अधिकृत श्री तिल बहादुर गुरुङ्गले बताउनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *