महिला उद्यमीलाई सहुलियत कर्जा

Investopaper, पौष ४, २०७६

काठमाडौ । महिला उद्यमशीलता विकास गर्न सनराइज बैङ्कले महिला उद्यमीलाई सहुलियत कर्जा प्रवाह गर्ने भएको छ । महिला उद्यमी व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपाल उद्योग परिसङ्घ र सनराइज बैंकबीच आज समझदारी भएको छ ।

सो अवसरमा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले बैङ्कसँगको समझदारीले मुलुकको औद्योगिक विकासमा महिलाको लगानी र दक्षता विकास गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले महिला उद्यमीलाई उद्योग तथा व्यवसाय विस्तारमा सहज व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । समझदारीअनुसार महिला उद्यमीका लागि रु १५ लाखसम्मको सहुलियतपूर्ण कर्जाको स्वीकृत व्याजदरमा ६ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *