कृषि बैंक र राष्ट्रिय कृषक समूह महासंघ बिच सम्झाैता

 Investopaper, पौष १०, २०७६ 

२०७६ पाैष ९ गते कृषि विकास बैंक लि. र राष्ट्रिय कृषक समूह महासंघ नेपाल विच वित्तिय तथा सामाजिक/सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिलकुमार उपाध्याय र राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष श्री नवराज बस्नेतले उक्त सम्झौता पत्रमा संयुक्तरुपमा हस्ताक्षर गर्नुभयो ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले राष्ट्रिय कृषक समूह महासंघ नेपालसंग गरिएको यस प्रकारको सम्झौताले नेपालको ग्रामिण क्षेत्रहरुमा रहेका कृषक समुह तथा कृषि सहकारीमा आवद्ध विशेष गरी सिमान्तकृत, भूमीहिन तथा महिला कृषकहरुलाई कृषि तथा पशुपालन परियोजना संचालनका लागि बैंकले सहुलियतपूर्ण कर्जाका प्रदान गर्नुका अलावा विभिन्न सामाजिक सामुदायिक कार्यक्रम संचालन गरी स्थानिय स्तरमा रोजगारीको वृद्धि तथा ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपुर्ण योगदान पुग्ने अपेक्षा गर्नुभयो ।

उपाध्यायका अनुसार कृषि विकास बैंक सदैव कृषकको बैंक रही आएको र आगामी दिनमा समेत बैंकले कृषि तथा पशुपालनको व्यवसायिकीकरण र आधुनिकीकरणमा अग्रणी भुमीका निभाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले बैंकसंग गरिएको सम्झौताबाट दुरदराजमा रहेका उपेक्षित गरीब कृषकहरुलाई बैंकको सहुलियतपूर्ण कर्जाको माध्यमबाट उनीहरुको आर्थिक स्तर माथी उठाउन ठुलो सहयोग पुग्ने अपेक्षा गर्नुभयो । बस्नेतले यति महत्वपुर्ण सम्झौता गरेकोमा आगामी दिनमा कृषि विकास बैंकको मान, प्रतिष्ठा र गरिमामा आंच आउन नदिने गरी सहकार्य गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

यसैगरि, बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाका अनुसार बैंकले राष्ट्रिय कृषक समूह महासंघ नेपालमा आवद्ध देशका ५७ जिल्लाका करीब ५२०० कृषक समुह तथा सहकारीका १ लाख कृषकहरुलाई कृषि तथा पशुसंग संबन्धित परियोजना संचालन गर्न आवश्यकपर्ने कर्जा उपलब्ध गराउनुका साथै महासंघको सिफारिसमा स्थानिय कृषकहरुलाई आवश्यकता अनुसार सहुलियतपूर्ण कर्जाका अतिरिक्त उद्यमशीलता विकासका लागि तालीम, वाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न कार्यक्रम संचालन गर्नेछ ।

सो कार्यक्रममा बैंकका उपमहाप्रवन्धकहरु यज्ञ प्रकाश न्यौपाने, दिर्घ बहादुर अर्याल, परामर्शदाता घुरन ठाकुर, विभागीय प्रमुखहरु तथा शाखा प्रमुखहरूकाे उपस्थिति रहेको थियो । साथै राष्ट्रिय कृषक समूह महासंघ नेपालको तर्फबाट उपाध्यक्ष पञ्चकाजी श्रेष्ठ, कोषाध्यक्ष गिता भुजेल, सचिवालय सदस्य हितराज कार्कीकाे समेत उपस्थिति रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *