बुधबार स्थानिय बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्याे

इन्भेष्टाेपेपर ।  असाैज ५, २०७९

काठमाण्डाैँ । नेपाली बजारमा बुधवार सुनचाँदीकाे मूल्य घटेकाे छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार ९१ हजार ८सय रूपैयाँमा काराेवार भएकाे सुनको भाउ बुधवार रू. ५ सयले घटेकाे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ३ सयमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ८ सयमा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ५ सयले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ८सयमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ३ सयमा कारोबार भएको थियो । 

यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलवार प्रतितोला रू. १ हजार १८० मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू. १ हजार १७० मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू. १० ले घटेको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *