फेरी पनि अस्थव्यस्त अवस्थामा त्रिवि शिक्षण अस्पताल- (फोटो फिचर सहित)
Investopaper, पौष १५, २०७६-
त्रिवि शिक्षण अस्पताल भन्ने बित्तिकै आम नागरिक देखि उच्च बर्गका मानिस पटलमा स्वास्थ्य क्षेत्रको मूख्य केन्द्र बिन्दु भन्दा फरक नपर्ला।
देशमा स्थायी संघिय सरकार हुदाँ आम मानिसको आशा हरेक सानो काम देखि अति सम्बेदनशील कामहरु छिटो छरितोको साथैँ सुबिधा हुनुको साटो लथालिङ्ग देख्दा आम-नागरिकमा निराशा छाएको छ। देशकै उत्कृष्ट सरकारी अस्पताल जहाँ देशभरका बिरामीको भरोसाको थलो तथा देशलाई चाहिने दक्ष्य चिकित्सक उत्पादन गर्ने त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज आफैँ बिरामी भएर थलिन थालेको धैरै समय भैसकेको छ।

पहिले जस्तो आम नागरिकको पहुँचमा रहेन शिक्षण अस्पताल किन भने यहाँ त “जस्को शक्ति उस्को भक्ति” सोर्स र पहुँच भएकोले मात्र उपचार पाउन सम्भव छ। देशभरबाट आउने बिरामीहरु उपचार गर्न नपाएर घर फर्किने अवस्था छ भने अर्को तर्फ महंगो सुल्क तिरेर प्राइभेट निजी अस्पताल धाउनु पर्ने बाध्यता भएको छ।

एक दुई वर्ष अघि केहि सुधारहरु नदेखिएका भने होइन तर अहिले आएर फेरि जस्ता थे मिज्जु त्यस्तै भने जस्तै हुन पुगेको छ। आकस्मिक कक्षमा एउटा बेडमा तीनजना सम्म बिरामी सुताएर चिकित्सकले सेवा दिएको कुरा नौलो हिइन, यहाँ चिकित्सकको लागि बिरामीले भर्ना गर्दा होस् वा बहिरंग सेवाको टिकट काट्नका लागि होस् जताततै भद्रगोल मेला भर्न आए जस्तो तछाडमछाडको स्थिति देखिन्छ। टाढा देखि उपचारका लागि आएका बिरामी जताततै लडिरहेका भेटिन्छन्। साच्चै उपचार चाहिने बिरामी जताततै लडिरहेका भेटिन्छन्।

हाम्रा सम्वादाता रविन थापाले, त्यहाँ उपचार गर्न आएका एक बिरामीलाई सोधेको प्रश्न जस्ताको त्यस्तै। कहाँ देखि उपचार गर्न आउनुभएको? नाम के हो र कहिले आउनुभएको यहाँ?
उनको जवाफ- नाम माईला माझी, जुम्ला देखि १५ दिन अघि उपचारको लागि आएको याहाँ भर्ना हुनलाई सोर्स चाहिदो रहेछ। यहाँको बसाइले पैसा सबै खर्च हुन थालेको र उनि जस्तै दुःख पाएका अरुपनि रहेको उनको भनाइ थियो ।

हेर्दा उक्त शिक्षण अस्पताल अस्पताल नभएर सुधार गृह जस्तो लाग्छ। के फेरि अर्को कुलमान चाहिने हो त? समयमै सम्बन्धित निकायले यसमा विशेष ध्यान दिन आवश्यक देखिन्छ।
