ग्यासको अनुदान हटाएर विद्युतीय चुलोमा लगानी

Investopaper, पौष १९, २०७६ 

काठमाडौं । सरकारले ग्यासमा दिँदै आएको अनुदान हटाएर विद्युतीय चुलोमा दिइने भएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतीय चुलो प्रवद्र्धन गर्नु पर्ने समय आएको बताउनु भएकाे छ।

समय सान्दर्भिक बनाउन र बिजुलीको आन्तरिक खपत बढाउन पनि सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्ने भएको छ। अहिले १० हजार चुलो अनुदानमा दिने र बिस्तारै बढाउँदै जाने नीति रहेकाे मन्त्री पुनले बताउनु भयाे ।

आगामी बजेटबाट अनुदान दिने तयारी छ। यस्तो चुलोमा ३ हजारदेखि ३५ सय रुपैयाँसम्म छुट दिने गरी तयारी भएको छ। विद्युतीय चुलो बनाउने कम्पनी खोल्न विद्युत् प्राधिकरणका कर्मचारीले रुची देखाएका छन्। कर्मचारीले प्राधिकरणको बोर्ड बैंठकमा यसको प्रस्ताव गएको बताए। अब यो कम्पनीको निर्णय प्राधिकरणले गर्नेछ।

पुनका अनुसार अहिले मासिक २० युनिटसम्मका ग्राहक २० लाख घर धुरी छन्। यसलाई अब १० युनिटसम्मलाई निःशुल्क गर्ने र सो भन्दा बढीकालाई मात्रै शुल्क लिने विषयमा पनि गृहकार्य भइरहेको मन्त्री पुनको भनाइ छ। १० युनिटसम्मका ग्राहक करिब ७ लाख छन्। यो ग्राहकका लागि न्यूनतम पैसा चाही लिने जसका कारण प्राधिकरणले बेलाबेलामा मर्मतको काम गर्नलाई सहयोग पुग्नेछ। याे समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *