सुन चाँदीको भाउमा सामान्य बृद्धि

माघ ३, २०७६ | Investopaper

सुन र चाँदीको भाउ माघ ३ गते शुक्रबार सामान्य बढेको छ। यस दिन सुन तोलामा एक सय रुपैयाँले बढेर ७४ हजार ८०० मा र चाँदी तोलामा ५ रुपैयाँले बढेर ८९० रूपैयाँमा काराेवार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। 

शुक्रबार तेजाबी सुनको भाउमा पनि १०० रूपैयाँले बृद्धी भै प्रतितोला ७४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएकाे छ। अघिल्लो दिन बिहीबार छापावाला सुन प्रतितोला ७४ हजार ७०० र तेजाबी सुन प्रतितोला ७४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी शुक्रबार चाँदीको भाउ समेत केही बढेको छ। अघिल्लो दिन प्रतितोला ८८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा ५ रुपैयाँले बढेर ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *