साताकाे पहिलाे दिन आज सुनचाँदीको भाउ बढ्याे, ताेलाकाे कति ?

न्भेष्टाेपेपर ।  फागुन २१, २०७९

काठमाण्डाैँ । साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्यमा बृद्धी भएकाे छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा ३ सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. १ लाख २ हजार ८ सयमा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. १ लाख २ हजार ५ सयमा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला ५ सय रूपैयाँले बढेकाे हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. १ लाख २ हजार ३ सयमा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. १ लाख २ हजारमा कारोबार भएको थियो । यसरी तेजाबी सुन पनि प्रतिताेला रू. ३ सय उकालाे लागेकाे छ ।

यस्तै, आइतवार चाँदीको मूल्य पनि बृद्धी भएकाे छ । शुक्रवार प्रतितोला रू. १ हजार २६५ मा कारोबार भएको चाँदी आइतवार रू. १ हजार २७५ मा खरीदविक्री भइरहेको महासंघले जनाएको छ। शुक्रवारको तुलनामा आइतवार चाँदी रू. ११ ले बढेको हो । 

त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *