सानिमा बैंकको दाेश्राे त्रैमाससम्मकाे नाफा एक अर्ब नाघ्यो, निक्षेप खर्व नजिक
माघ १०, २०७६ | Investopaper
सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्बभन्दा बढी नाफा कमाएकाे छ भने निक्षेप एक खर्वकाे नजिक पुगेकाे छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको नाफा एक अर्ब नाघेको हो।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ९८ करोड २० लाख खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५ करोड ८५ लाख बढेर २ अर्ब १६ करोड ७९ लाख पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २३ करोड बढेर १ अर्ब ६२ करोड ३७ लाख पुगेको छ भने ९५ करोड ९ लाख रुपैयाँ वितरण योग्य मुनाफा कमाएको छ ।
यस अवधिसम्ममा बैंकले ९९ अर्ब ३० करोड निक्षेप सङ्कलन गरी ८८ अर्ब ७१ करोड कर्जा परिचालन गरेको छ।
सानिमा बैंकका प्रमुख वित्तीय सूचकांकहरूः
- पुस मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ रहेको छ।
- बैंकको जगेडा कोष २ अर्ब ४२ करोड २ लाख छुट्याएकाे छ ।
- बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ १५ पैसा पुगेको छ।
- बैंकको निष्क्रिय कर्जा ०.४१ प्रतिशत रहेको छ ।
- रिटर्न अन इक्वीटी २०.७५ प्रतिशत रहेको छ।
- रिटेन्ड अर्निङ्ग १ अर्ब १ करोड ७९ लाख रहेको छ।
- बैंकको आधार ब्याजदर ९.२९ प्रतिशत रहेकाे छ ।
- स्प्रेडदर ४.१७ प्रतिशत रहेको छ।
- बैंकको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ६ पैसा र
- मूल्य आम्दानी अनुपात १३.१२ गुणा कायम रहेको छ।
