विराट कोहली कुन ब्राण्डकाे पानी पिउँछन् ? मूल्य र बिशेषता के के छन् त ?

माघ १९, २०७६ | Investopaper

सेलिब्रेटीहरूका आनीबानी र आहार बिहारमा सबैजसाे व्यक्तिहरूकाे चासाे रहेकाे हुन्छ । अझ फ्यानहरूले त उनीहरूले गर्ने धेरैजसाे क्रियाकलापलाई पच्छ्याईरहेका हुन्छन । यहाँ भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले प्यूने पानीकाे बिषयमा चर्चा गरिरहेका छाैं ।

हुन त शास्त्रमा अरुलाई पानी पिलाउनु सबैभन्दा पुण्यको काम मानिने गरिन्छ। प्रकृतिले मुफ्तरूपमा प्रदान गरेकाे भएता पनि पानीलाई निकै अमूल्य चीज मानिने गरिन्छ। तर पनि यसलाई प्राप्त गर्नका लागि मानिसले कयौँ रकम खर्च गरिरहेका छ्न् ।

गाउँघर तिर निशुल्क प्राप्त गर्न सकिने पानी शहर बजारमा तिर्खा लाग्दा मानिसलाई आफ्नो पकेटबाट २०/२५ रुपैयाँ निकालेर पानीको सानाे बोतल किन्नु पर्ने हुन्छ, जुन निकै महँगाे मानिन्छ । केही यस्ता व्यक्तिहरू पनि छन् जसले एक बाेतल पानी पिउनमा मात्र हजारौँ रुपैयाँ खर्च गर्ने गरेका छन्। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले पनि पानीमा कयौँ रकम खर्च गर्ने गर्दछन्।

उनले राम्रो कम्पनीको पानी पिउने गर्दछन्। उनले विश्व प्रसिद्ध एवियन ब्राण्डको पानी पिउने गर्दछन्। उक्त पानी एकदमै खास रहेकाे निर्माता कम्पनीले जनाएकाे छ।

उक्त पानीको मूल्य पनि एकदमै महंगो रहेको छ। जुन पानी उनले फ्रान्सबाट मगाउने गर्दछन्। उक्त पानीको मूल्य भारु ६०० सय रुपैयाँ पर्ने गर्दछ।

रोचक कुरा त यो छ की कोहली जहाँ गएपनि उक्त ब्राण्डको पानी मात्र पिउने गर्दछन्। उनले उक्त पानी जहाकही नपाइने हुँदा सधै आफ्नै साथमा लिएर जाने गर्दछन्।

प्रयाेगकर्ताहरूकाे विश्वास रहेकाे छ कि, याे पानी विषेश प्रकारको हुने गर्दछ। वजन घटाउन तथा तनावबाट टाडा राख्न यो पानीले सहयोग पुर्याउदछ। यो पानी कोहलीले मात्र नभइ अन्य कयौँ सेलिब्रेटीले समेत पिउने गर्दछन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *