साना किसान लघुवित्तकाे रहरलाग्दाे प्रगतिः खुदनाफामा २६ प्रतिशतले बृद्धी

माघ २६, २०७६ | Investopaper

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २६ प्रतिशतले बढी हाे ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २३ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो।

पुस मसान्तसम्ममा १९ अर्ब ४३ करोड सापटी लिई २१ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको यस लघुवित्तले सो अवधिसम्ममा ५३ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ११ करोड ६७ लाख रुपैयाँ बढी हो।

समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ७ करोड ५ लाख रुपैयाँ बढेर ४४ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

साना किसान लघुवित्तका प्रमुख वित्तीय सूचाँकहरूः

  • साना किसान लघुवित्तकाे चुक्ता पूँजी १ अर्ब २ लाख रुपैयाँ रहेको छ ।
  • लघुवित्तको जगेडा कोषमा १ अर्ब ७२ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।
  • लघुवित्तको प्रतिशेयर आम्दानी ६० रुपैयाँ ३२ पैसा कायम भएको छ ।
  • प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ८८ पैसा कायम भएको छ।
  • प्रतिशेयर कुल सम्पत्तिकाे मूल्य २४४५ रूपैयाँ २७ पैसा रहेकाे छ ।
  • लघुवित्तको मूल्य आम्दानी अनुपात १५.४२ गुणा रहेको छ।
  • लघुवित्तको निष्क्रिय कर्जा ०.६६ प्रतिशत रहेकाे छ जुन गतवर्ष यसै अवधिमा ०.०४ प्रतिशत थियाे।
  • काेषकाे लागत ५.९६ प्रतिशत रहेकाे छ ।
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *