जर्मन चान्सलर एन्जेला मर्केल पनि क्वारेन्टाइनमा

इन्भेष्टोपेपर । चैत्र १०, २०७६ 

काठमाण्डौ – ‍कोरोना भाइरसको संक्रमण भएका एक चिकित्सकसँग सम्पर्कमा रहेकी जर्मन चान्सलर एन्जेला मर्केल पनि क्वारेन्टाइनमा बस्नुभएको छ । चान्सलर एन्जेला मर्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोना पोजेटिभ देखिएपछि उहाँ सेल्फ क्वारेन्टाइनमा जानुभएको बीबीसीले जनाएको छ । 

जर्मनीमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले दुई हप्तासम्म दुई जनाभन्दा धेरै मान्छे भेला हुन नपाउने घोषणा गरेको केही मिनेटमै चान्सलर मर्केलका प्रवक्ता स्टेफन सेवर्टले उहाँ पनि सेल्फ क्वारेन्टाइनमा बस्न लागेको जानकारी गराएका थिए । 

चान्सलर मर्केललाई निमोनियाको सुई लगाइदिने चिकित्सकलाई कोरोना भाएको पुष्टि भएपछि उहाँ क्वारेन्टाइनमा बस्नुभएको प्रवक्ता सवर्टले जानकारी दिएको बीबीसीले जनाएको छ ।

युरोपको सबभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणका १८,६१० घटना पाइएका छन्। उक्त भाइरसको सङ्क्रमणबाट लाग्ने रोग कोभिड-१९ ले त्यहाँ ५५ जनाको ज्यान गइसकेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *