कोरोनाभाइरसःएम्बुलेन्स चालक भागेपछि बागलुङका जनस्वास्थ्य प्रमुखले आफैं ल्याए कोरोना संक्रमितलाई अस्पताल

इन्भेष्टोपेपर।चैत्र २१,२०७६

काठमाडौं । कोरोनाभाइरसको संक्रमण फैलिने डर र कयौँ देशमा महामारीको रुप लिएको अवस्थामा धेरै जसो देशमा लकडाउन गरिएको छ।  नेपालमा पनि लकडाउन भएको आज ११ औँ दिन भैसकेको छ ।आमनागरिक आफ्नो दैनिकी काममा फर्किन सकेका छैनन्।विश्वव्यापी कोरोना संक्रमणको संख्यामा बृद्धि भएको छ। नेपालमा पनि अर्को एक जनामा संक्रमण भेटिएको छ। यससंगै नेपालमा संक्रमणको संख्या ६ पुगेको छ।

नेपालमा छैटौं संक्रमित भेटिएको जानकारी दिँदै गर्दा बिहीबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेको थियो। पत्रकार सम्मेलन गरिनसक्दै बागलुङका स्वास्थ्यकर्मीले छैटौं संक्रमित बाग्लुङकी वृद्धा भएको गाइँगुइँ हल्ला हुन थालिसकेको थियो। सम्मेलन चलिरहेको केही बेरमा पुष्टि भयो छैँटैं संक्रमित बागलुङकी ६५ वर्षया महिला हुन्। उनी चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् र सोही दिन एउटै विमानबाट नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखियो ।

उनी बागलुङकै पहिलो संक्रमितसँगै घुलमिल गरिरहेको जानकारी पाएपछि उनको पनि नमुना संकलन गरेको थियो र त्यसपछि होम क्वारेन्टाइनमा बसेकी थिइन्।

उनको नमुना संकलन गर्दा स्वास्थ्यकर्मीले उनलाई उच्चजोखिममा राखेको थियो र नभन्दै बाग्लुङको स्वास्थ्यकर्मीहरुले गरेको आकलन मिल्न गयो। जिल्ला जनस्वास्थ्य कार्यालयमा ती महिलाको रिपोर्ट कार्ड पुगेपछि ती महिलाको घरको ठेगाना, परिवारहरु र उनको प्रत्यक्ष सम्पर्कमा को–को थिए भन्नेबारे खोज्न थालियो। केही छिनमै ती महिला बसेको घर र उनीहरुको बारेमा पत्ता लाग्यो ।

लगत्तै धवलागिरि अञ्चल अस्पतालमा कोरोना रोकथाम तथा नियन्त्रणसम्‍बन्धी जिल्ला समन्वय समितिको बैठक बस्यो। संक्रमित महिला दमको बिरामी भएकोले घरमै राख्ने या अस्पताल ल्याउने भन्ने विषयमा छलफल भइरहेकको बेला अन्तमा  ती महिलालाई अञ्चल अस्पतालमै ल्याउने निर्णय गरेर नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स बोलाइयो। छलफल भइरहदा अस्पतालको बाहिर संक्रमणको बारेमा गाइँगुइँ हल्ला हुन थलिसकेको थियो। त्यही बेला एम्बुलेन्स चालकले कोरोना भएकी महिलालाई अस्पताल ल्याउने सुइँको पाएपछि उनी भागि सकेका थिए। अस्पतालका अधिकारी एम्बुलेन्स चालक  भएको ठाउँमा पुग्दा ती चालक त्‍यहाँ थिएनन्।

धेरै समय चालकको खोजी भयो। तर,एम्बुलेन्स चालक छिनमै सम्पर्कविहीन भए। धवलागिरि अञ्चल अस्पतालको अर्को पनि एम्बुलेन्स थियो। तर, त्यसका चालक पनि भेटिएनन्। दुबै एम्बुलेन्सका चालकहरु बेपत्ता भएपछि  बैठकमा उपस्थित र स्थानीय प्रशासन प्रहरीसँग गुहार मागिएको थियो।तर, उनीहरु सबै पन्छिए।

७ बजे अस्पताल ल्याउने भनिएकी ती महिलालाई रातको साढे ९ बज्दा पनि अस्पताल ल्याउने कुनै तरखर उपाए नभएपछि र समय लम्बिने अवस्था भयो।

त्यसपछि, बागलुङका जनस्वास्थ्य कार्यालयका प्रमुख समेत रहेका अधिकृत सुरज गुरौ ती वृद्धालाई अस्पताल ल्याउने काममा अघि सरे। उनले आफ्ना सवारी चालक रुद्र पराजुलीलाई एम्बुलेन्स चलाउन आग्रह गरे र आफ्ना चालकलाई डर नहोस् भनेर उनले आफूसँगै हुनेमा पनि विश्वास दिलाए। अस्पतालमा भएको साधारण पीपीई गुरौ आफूले पनि लगाए र चालकलाई पनि लगाइदिए र त्यसपछि अनि चालकलाई लिएर ती महिला भएको ठाउँ तिर लागे। उनीहरु दुई जना गएर रातको साढे १० बजेतिर धवलागिरि अञ्चल अस्पतालमा ल्याए । अहिले ती महिलालाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

बागलुङका जनस्वास्थ्य प्रमुख गुरौ रातिको घटना सम्झदैँ भन्छन्, ‘बिरामी ल्याउने जिम्मा हाम्रो होइन, तर सब जना भागमभाग गरेपछि ल्याउनै पर्‍यो।’ सुरजका अनुसार सबै चालकहरु भागेको देखेपछि मैले आफ्नो कर्तव्य ठानेर ती महिलालाई उद्धार गरेको हुँ, कुनै बहादुरी देखाएको होइन।’ यो बेला संक्रमित बिरामीलाई चाडो भन्दा चाडो औँषधी उपचार गराउनु र अरुलाई संक्रमण हुन नदिनु भन्ने लागेर यसो गरेको बताए।

बागलुङ प्रमुखका अनुसार अहिले ती महिलाको स्वास्थ्य अवस्था सामान्य भएको र उनी दमको पुरानो बिरामी भएकाले अहिले नियमित औषधि सेवन गरिरहेकी छिन्। गुरौले भने, ‘छैटौ‌ संक्रमितको सम्पर्कमा आएका उनका परिवार र अरुको समेत खोजी गरी नमुना संकलन गर्ने कार्य अघि बढेको जानकारी दिए।’

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *