नेशनल लाइफले कोरोना रोकथाम कोषमा ५१ लाखकाे चेक दियाे

इन्भेष्टोपेपर । चैत्र २९, २०७६ 

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख रुपैयाँ प्रदान गरेको छ ।

आज कम्पनीको तर्फबाट अध्यक्ष प्रेमा सिंहले रु ५१ लाखको चेक अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई उपलब्ध गराउनुभएको हो । 

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं कम्पनी सञ्चालक समितिका सदस्य भवानी राणा, प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *