दुखद खवर : करेन्ट लागेर दुईको मृत्यु, सात घाइते

रासस । वैशाख ०९, २०७७ 

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मल्डुङमा करेन्ट लागेर दुई जनाको मृत्युु भएको छ भने ७ जना घाइते भएका छन् ।

सोमबार साँझ हावाहुरीसहित आएको चट्याङले ट्रान्सर्फमर पड्किदाँ करेन्ट लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा थाक्रे गाउँपालिका वडा नं ३ भुजेलटोल बस्ने ४५ वर्षीय सानुमान तामाङ र वडा नं ३ बिचारीटोलका २३ वर्षीय सागर अर्याल रहेको धादिङका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभएको छ ।

घरभित्र जतातातै करेन्ट लाग्न थालेपछि विजुलीको स्विच अफ गर्न चार्जमा रहेको मोवाईल झिक्न खोज्दा करेन्ट लागेर घाइते भएका सात जना मध्ये ३९ वर्षीय निर्ममाया तामाङ र २४ वर्षीय रुपक अर्यालको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

अन्य घाईतेहरु ५२ वर्षीय धनकुमारी तामाङ, ७० वर्षीय तारासिंह तामाङ, ६४ वर्षीय कान्छी तामाङ, ३६ वर्षीय सानु तामाङ, ६३ वर्षीय ठूली तामाङका स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *