मुक्तिनाथ विकास बैंकद्धारा लकडाउनमा राहत सहयोग
इन्भेष्टोपेपर । वैशाख १०, २०७७
नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गदै आइरहेको छ । बैंकको शाखा कार्यालय तुल्सीपुरले, तुल्सीपुर उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ ।
उक्त खाद्यान्न सामाग्री बैंकको तुल्सीपुर शाखाका शाखा प्रमुख श्री सरोज कुमार लामिछानेले नगर प्रमुख श्री घनश्याम पाण्डेलाई हस्तान्तरण गर्नुभएको थियो ।
बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी श्री तिलबहादुर गुरुङ्गले बताउनु भएको छ ।
