जापानको नारिता उड्यो नेपाल एयरलाइन्स

रासस ।  जेष्ठ १०, २०७७

काठमाण्डौ – लकडाउनका कारण नेपालमा रोकिएका केही जापानी  तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिता उडेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट शुक्रबार राति पौने १० बजे निगमको जहाजले नारिता अन्तरराष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान भरेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिनुभयो । जम्मा २ सय ६८ यात्रुमध्ये जापानमा बसोबास गर्ने १ सय ९७ नेपाली छन् । 

नेपालमा रहेको जापानी दूतावासका पहलमा निगमको वाइडबडी जहाजले चार्टर्ड उडान गरेको बताइएको छ । लकडाउनमा निगमको जापानमा यो तेस्रो पटकको चार्टर्ड उडान हो । नारितामै यसअघि यही जेठ २ गते निगमको वाइडबडी जहाजले दोस्रो पटक चार्टर्ड उडान गरेको थियो भने पहिलो चार्टर्ड उडान गएको चैत २८ गते निगमले नारितामा गरेको थियो ।

नेपालमा रोकिएका केही जापानी तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितामा चार्टर्ड उडान गरेको हो । निगमको वाइडबडी जहाजले काठमाण्डौको सुमेघ टूर एन्ड ट्राभल्स प्रालिसँग काठमाण्डौ–नारिता (जापान) चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ ।

नेपाल एयरलाइन्सले नारितामा गएको फागुन १९ गतेदेखि सीधा उडान सेवा सुरु गरेको थियो । कोभिड-१९ को सङ्क्रमण विश्वभर फैलिएपछि त्यस गन्तव्यको उडान अहिले स्थगन भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *