पंगुनी उथिराम पर्वः एक दाना कागती ६२ हजार रुपैयाँमा लिलाम
इन्भेष्टोपेपर । जेष्ठ २४, २०७७
सामान्तया एउटा कागतीको मुल्य कति पर्ला भनेर कसैले साेधेमा ५-१० रुपैयाँ भन्ने उत्तर आउला । तर भारतमा भने कागतीको एउटा दाना नै ६२ हजार रुपैयाँमा बिकेको छ । भारतको तमिलनाडु स्थित बेलमपुर जिल्लामा एउटा कागती ३९ हजार भारुमा लिलाम भएको हो ।
स्थानीय पंगुनी उथिराम नामको एक पर्वका अवसरमा भगवानको भालामा रोपिएको उक्त कागतीको दाना यति महंगो तथा अपत्यारिलो मूल्यमा लिलाम भएको हो ।
हरेक वर्ष हुने उक्त ११ दिने उत्सवको अन्तिम दिन भगवान मुरुगनको भालामा लटकाइएको फलफुलको लिलामी गरिन्छ । यस्तो फल जसले किन्दछ उसलाई सम्वृद्धि प्राप्त हुन्छ र सन्तान नभएकाहरुलाई सन्तान लाभ पनि प्राप्त हुन्छ भन्ने मान्यता छ ।
जयरामन तथा अमरावती दम्पत्तिले यो कागती खरीद गरेका छन् । यो कागतीसँगै अन्य आठवटा कागती पनि लिलाम भएका छन् । सबै ९ कागती मिलाएर ५७ हजार ७ सय ७२ भारु मूल्य परेको बताइएको छ ।
पंगुनी उथिराम पर्व/मेलाकाे विशेषता तथा ब्रतः
तमिल क्यालेण्डर अनुसार बर्षकाे अन्तिम महिनामा पर्ने याे पर्व तमिलनाडूका ६ वटा प्रशिद्ध हिन्दू मन्दीरहरूमा बिशेष रूपले मनाइन्छ । याे चाड पंगुनी महिनामा मनाइन्छ जब उथिराम तारा पुर्णचन्द्रसंग पूर्णिमाकाे दिन मिलन हुने विश्वास गरिन्छ ।
यसै दिन भगवान राम र सिता, भगवान शिव र गाैरि, भगवान मुँरूगन र देवसेना विवाह बन्धनमा बाधिएकाे विश्वास गरिएकाले धेरै व्यक्तिहरूले दाम्पत्य जीवनकाे लगनगाँठाे कस्छन। यस दिन विवाह गर्नाले सुख समृद्धी र साैर्यवान सन्तान प्राप्ति हुने विश्वास रहिआएकाे छ।
हजाराै मनािसहरू काेशाै पैदल यात्रा गरि मन्दीरहरूमा जम्मा हुन्छन र दूध, जल, प्रसाद अर्पण गरेर प्रार्थनामा लिन हुन्छन । ब्रतालुहरूले निराहार बसेर सांझ शिवजी तथा मुँरूगन भगवानकाे पूजा अर्चना गर्दछन तथापी जल, दूध तथा फलफूल भने खान सकिन्छ ।
