नागरिक लगानी कोषले वार्षिक साधारण सभा असार २० गते गर्ने

इन्भेष्टोपेपर ।  जेष्ठ  २९, २०७७ 

नागरिक लगानी कोषको २५ औंं वार्षिक साधारण सभा असार २० गते कोषको कार्यालय परिसर नयाँ बानेश्वर, काठमाडौंमा हुने भएको छ । 

कोषको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले २२ प्रतिशत बोनस शेयर र १ दशमलव १६ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने र ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न स्वीकृती दिने प्रस्ताव पारीत गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका असार १० गते एक दिन बन्द रहेको छ । असार ९ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउने छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *