विदेशबाट ल्याइने नेपालीको चार्टर्ड उडानकाे कार्यतालिका तथा भाडादर सार्वजनिक

इन्भेष्टोपेपर ।  जेष्ठ  ३०, २०७७ 

विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले विभिन्‍न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्‍न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको निर्णयअनुरूप सरोकारवालासँग बुधबार छलफल गरी नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो।

त्यस्तै, २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिने तालिका मन्त्रालयले तय गरेको छ। नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारोबडी जहाज छन्। दुवै एयरलाइन्सले पूर्ण क्षमताका साथ विदेशबाट नेपाली बोक्नेछन् ।

नेपाल एयरलाइन्सको मात्रै चार जहाजले दैनिक एक हजार ६०० यात्रु ल्याउन सक्ने क्षमता छ। त्यस्तै हिमालयले करिब एक हजार यात्रु ल्याउन सक्छन्। विदेशस्थित कोभिड महामारीका कारण आफ्नो देश फर्कन चाहनेले अहिलेसम्म आ-आफ्नो देशस्थित राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिसकेको छ।

यसैबीच पर्यटन मन्त्रालयले विदेशबाट ल्याइने नेपालीका लागि हवाई भाडादर पनि तोकेको छ। बढी भाडा असुलिएको गुनासो आइरहेका बेला उद्धार गरिने देशबाट नेपालसम्म ल्याउनका लागि भाडादर निर्धारण गरिएको हो। यो भाडादरमा कर पनि समावेश रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले जहाजका लागि एउटा उडानमा ८५ प्रतिशत यात्रु भएमा मात्रै चार्टर गर्ने भएको छ।

नेपाल आउनेले अनिवार्य पिसिआर या आरडिटी परीक्षण गरेर नेगेटिभ आएको प्रमाण पत्र पेश गर्नुपर्नेछ। यात्रुहरु नेपाल आइसकेपछि सरकारको नियमानुसार क्वारेन्टाइनमा बस्नुपर्ने छ।

उडान मिति र हवाई भाडादर

  • जुन १४ : ढाका (बंगलादेश) – अमेरिकी डलर १६५
  • जुन १५ : माले (माल्दिभ्स) – अमेरिकी डलर ४८०
  • जुन १५ : क्वालालम्पुर (मलेसिया) – अमेरिकी डलर ४६५
  • जुन १६ : दुबई (युएई) – अमेरिकी डलर ४५०
  • जुन १६ : दोहा (कतार) – अमेरिकी डलर ४९०
  • जुन १७ : सिड्नी (अस्ट्रेलिया)- अमेरिकी डलर १६१५
  • जुन १७ : बैंकक (थाइल्यान्ड) -अमेरिकी डलर ३९०
  • जुन १७ : बहराइन – अमेरिकी डलर ४९०
  • जुन १८ : रियाद (साउदी अरब) -अमेरिकी डलर ५६५
  • जुन १८ : दुबई (सारजाह) – अमेरिकी डलर ४५०
  • जुन १९ : नारिता (जापान) -अमेरिकी डलर ९३५
  • जुन १९ : कुवेत (सारजाह) – अमेरिकी डलर ५१०
  • जुन २० : साइप्रस -अमेरिकी डलर ८३०
  • जुन २० : क्‍वालालम्पुर (मलेसिया) -अमेरिकी डलर ४६५
  • जुन २० : दोहा (कतार) -अमेरिकी डलर ४९०
  • जुन २१ : सोल (कोरिया) – अमेरिकी डलर ८७५
  • जुन २१ : मस्कट (ओमान)- अमेरिकी डलर ४६०
  • जुन २२ : बैंकक (थाइल्यान्ड)-अमेरिकी डलर ३९०
  • जुन २३ : नारिता (जापान) -अमेरिकी डलर ९३५
  • जुन २३ : माले (माल्दिभ्स) -अमेरिकी डलर ४८०
  • जुन २४ : जेद्दह (साउदी अरब) -अमेरिकी डलर ६९०
  • जुन २४ : कुवेत- अमेरिकी डलर ५१०
  • जुन २५ : सिंगापुर – अमेरिकी डलर ५२०

उडान मिति निर्धारण हुन बाँकी

  • सुडान- अमेरिकी डलर ८९०
  • हङकङ- अमेरिकी डलर ५५०
  • जोर्डन- अमेरिकी डलर ७७५
  • लण्डन- अमेरिकी डलर १२८०
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *