पाल्पामा पत्ता लाग्यो अनौठो गुफा

इन्भेष्टोपेपर ।  जेष्ठ  ३०, २०७७ 

पाल्पामा एक अनौठो गुफा पत्ता लागेको छ । तानसेन नगरपालिका–१४ अर्गलीस्थित रनुवा भन्ने ठाउँमा उक्त गुफा पत्ता लागेको हो । स्थानीय युवाले आप्mनै पहलमा गुफाबारे थप तथ्य पत्ता लगाउने प्रयास गरेका हुन् ।

सिद्ध गुफा नाम दिइएको उक्त गुफाको लम्बाई करिब ४० मिटर रहेको स्थानीय दुर्गाराज पान्डेले जानकारी दिनुभयो । रनुवास्थित कोलाचौर मन्दिर नजिकै उक्त गुफा रहेपनि अहिलेसम्म यसबारे सामान्य अध्ययन पनि सुरु भएको थिएन ।

स्थानीय युवाले लकडाउनको उपयोग गर्दै गुफाबारे थप अध्ययन गरेका हुन् । गुफाको नाप लिनेदेखि, सरसफाई गर्ने र सिंढी निर्माण गर्ने काम पूरा भएको पान्डेले बताउनुभयो । त्यस्तै गुफा भित्रको साँघुरो क्षेत्रमा हिंडडुल गर्न सजिलो बनाउने प्रयास पनि भइरहेको उहाँले बताउनुभयो ।

गुफाभित्र कलात्मक आकृति देख्न सकिन्छ । आकृतिसहित यसको बनावटले गुफालाई थप अनौठो बनाएको छ । गुफाको संरक्षण गर्दै यसभित्र आवतजावत सहज बनाउन सके आन्तरिक पर्यटक भित्राउन सकिने स्थानीयको विश्वास छ ।

पाल्पा, स्याङ्जा र गुल्मीको संगम क्षेत्र नजिकै रहेकोले पनि छिमेकी जिल्लाबाट गुफा दर्शनका लागि पर्यटक ल्याउन सकिने उनीहरुको भनाई छ । तानसेन–रिडी–तम्घास सडकखन्डको अर्गलीस्थित देउराली बजारबाट डेढ किलोमिटरको दुरीमा उक्त गुफा पुग्न सकिन्छ ।

— गाेरखापत्रबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *