बाइक र स्कुटरमा पनि जोर-विजोर प्रणाली लागू गर्न निर्देशन
इन्भेष्टोपेपर । असार १, २०७७
अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ । सरकारले माेटरसाइकल र स्कुटरमा पनि जाेर-विजाेर प्रणाली लागू गर्नु भनेर पुनः ट्राफिक प्रहरीलाई परिपत्र गरेको छ ।
यस अघि गरिएकाे निर्णयमा साइकल र मोटरसाइकलमा चालक मात्र रहने गरी चलाउन दिने नियम भने यथावत नै छ ।
यसै प्रसंगमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकालले हामीलाई स्पष्ट निर्देशन आइसकेको छ, अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुन्छ भन्नुभयाे । दुई पांग्रे सवारीमा एक जना मात्रै हिँड्न मिल्ने नियम पनि यथावत नै रहेको उहाँले बताउनु भयाे ।
