रेमिट्यान्स आप्रवाहमा ६.१ प्रतिशतले कमी : ६ खर्ब ८० अर्ब रेमिट्यान्स भित्रियो

इन्भेष्टोपेपर ।  असार ३, २०७७ 

काठमाण्डाैं । कोरोना भाइरसका कारण नेपालीको प्रमुख श्रम गन्तव्यमा समेत लकडाउन जारी रहेको अवस्थामा रेमिट्यान्स आप्रवाह ६.१ प्रतिशतले कमी भएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दश महिनाको विवरणमा कुल ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँ बराबरको रेमिट्यान्स आएको छ । कोरोना भाइरसको जोखिमका कारण प्रमुख श्रम गन्तव्यमा भएको लकडाउन तथा रोजगारीमा देखिएको समस्याका कारण रेमिट्यान्स आयमा गिरावट आएको हो । 

बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनाको तुलनामा  अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या २.७ प्रतिशतले घटेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३६.८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५.८ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ६.५ प्रतिशतले कमी आइ सात खर्ब ७२ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९.४ प्रतिशतले बढेको थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *