पाेखरामा पनि भेटियो सलह

इन्भेष्टोपेपर । असार १४, २०७७

कास्की – कास्कीको पोखरामा पनि सलह किरा भटिएको छ । पोखरा महानगरपालिका १७ महतगौँडा क्षेत्रमा सलह किरा भेटिएको पुष्टि भएको पोखरा महानगरपालिका, कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।

शनिबार साँझदेखि नै सामाजिक सञ्जालमा सलह आएको हल्ला भए पनि आइतबार त्यस क्षेत्रमा सलह भेटिएको प्रमाणित भएको उहाँको भनाइ छ । 

‘स्थानीयले बिहान सात/आठ वटा भेटियो भन्नुभयो, त्यसपछि एउटा समाएर हेर्दा सलह नै रहेछ भन्ने हामीले बुझ्यौँ’, उहाँले भन्नुभयो, ‘पोखरामा हुल बाँधेर नै आएको त होइन तर एक–दुई वटा देखिए पनि सजग हुनुपर्ने बेला आएको छ ।’

किसानलाई सलह चिनाएर क्षति न्यूनीकरणको लागि सजग बनाउन महानगर लागिपरेको उहाँले बताउनुभयो । यो बेलामा किसानलाई बाली संरक्षण गर्न पठाउने र हुल नै बाँधेर आएको खण्डमा नियन्त्रणको लागि विषादी छर्कनेलगायतका योजना महानगरले बनाइरहेको उहाँको भनाइ छ । 

खेती बढी हुने ठाँउमा सलह जाने भएकोले ग्रामीण भेगतिरका किसानहरुसँग जानकारी लिइरहेको कडरियाले बताउनुभयो । याे समाचार उज्यालाे खवरपत्रिकामा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *