सनराइज बैंकले ल्यायाे ४० बर्षे घरकर्जा तथा ९.९५ प्रतिशतमै शेयर धिताे कर्जा
इन्भेष्टोपेपर । श्रायण १२, २०७७
सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ ।
सनराइज घर कर्जा अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८.९५ प्रतिशत व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन्। यसै गरी बैंकले शेयर धितो कर्जामा ९.९५ प्रतिशत ब्याजदरमा
कर्जा प्रवाह गर्ने जनाएको छ ।
काेभिड-१९ ले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई
सहजीकरण गर्ने उद्देश्यकासाथ बैंकले यो योजना ल्याएको हो। कर्जा लिन चाहने ग्राहकहरुले विना झन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्नेछन् ।
देशका १३४ स्थानमा फैलिएको सनराइज बैंकका शाखाहरुबाट यो सुविधा उपभोग गर्न सकिने र ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु भविष्यमा पनि ल्याउने बैंकले जनाएकाे छ ।
