सिद्धार्थ बैंकद्वारा कोरोना संक्रमण रोकथामका लागी २ करोड ६७ लाख सहयोग

इन्भेष्टोपेपर । श्रावण २९, २०७७

सिद्धार्थ बैंकद्वारा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई २ करोड ६७ लाख भन्दा बढि रकम सहयोग गरेको छ । 

बैंकले बुधबार आफ्नो संस्थागत सामाजिक उत्तर दायित्व कोषमा रहेको रु २ करोड ६७ लाख २७ हजार ९ सय २९ रकम नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरेको हो । उक्त रकम आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले बैंकलाई धन्यवाद ज्ञापन गर्दै बैंकको तर्फबाट प्रदान गरिएको सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तर दायित्वको सब भन्दा राम्रो उदाहरण भएको बताउँदै प्राप्त रकमको सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोेग गर्ने बताउनुभयो ।

यस अघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई गरी रु ७६ लाख २४ हाजार ६ सय २० सहयोग प्रदान गरिसकेको छ । यसरी कोरोना भाइरस संक्रमण रोकथाममा बैंकले हालसम्म जम्मा रु  ३ करोड ४३ लाख ५२ हजार ५ सय ४९ सहयोग प्रदान गरेका छ । यसरी प्रदान गरिएको रकमबाट कोरोना भाइरस संक्रमण रोेकथाम तथा उपचारकालागि ठूलो सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।

हालको प्रतिकुल परिस्थितिमा सरकारले तोकेको स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप बैंकले स्थानीय अधिकारी एवं सरकारका अन्य विभिन्न निकायसंगको समन्वयमा विभिन्न शाखाहरुका साथै डिजिटल माध्यमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *