बीमा कम्पनीहरूलाई ५० प्रतिशत कर्मचारीबाट काम गर्न निर्देशन

इन्भेष्टोपेपर । श्रावण २९, २०७७

बीमा समितिले ५० प्रतिशत कर्मचारी मार्फत मात्रै कार्यालय सञ्चालन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । समितिले कोरोना भाइरसको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै बुधवार एक परिपत्र जारी गरेर कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो ।

एकपटक धेरै कर्मचारी कार्यालय आवतजावत गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि यस्तो निर्देशन जारी गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताउनु भयाे । अब बीमा कम्पनिहरूले बढीमा ५० प्रतिशत कर्मचारीबाट दैनिक कार्य संचालन गर्नु पर्नेछ भने सवारी साधनमा पनि जोर–बिजोर प्रणाली लागू हुनुपर्ने समितिको निर्देशन छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *