सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
इन्भेष्टाेपेपर । चैत्र २०, २०८२
काठमाडौँ । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको बढेको छ । चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८३० कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार कायम भएको थियो । बुधबार प्रतितोला २ लाख ९७ हजार ६ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ९४५ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । (रासस)
