नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलश पाण्डे निर्वाचित

इन्भेष्टाेपेपर ।  चैत्र २०, २०८२

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलश पाण्डे निर्वाचित हुनुभएकाे छ।

हालै सम्पन्न निर्वाचनमा पाण्डेले ५१४ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी ए.डी. लामालाई पराजित गर्नुभएकाे हाे । लामालाई ४१३ मत प्राप्त गरेकाे थियाे।

महासंघको महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएकाे छ । घिमिरेले ५२७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरेकाे थियाे।

त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा रामजी पन्त ‘मुकेश’ ४७३ मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी रोशन दाहालले ४५२ मत प्राप्त गरेकाे थियाे।

प्रदेश उपाध्यक्षहरूमा कोशीबाट धिरेन्द्र दाहाल, मधेसबाट शम्भु ठाकुर, बागमतीबाट बालकृष्ण थापा, गण्डकीबाट खिमप्रकाश मल्ल, लुम्बिनीबाट सहदेव खड्का, कर्णालीबाट हिमबहादुर बुढा र सुदूरपश्चिमबाट प्रकाशबहादुर शेट्टी निर्वाचित भएकाे छ।

नितिगत उपमहासचिवमा मंगल शाही तथा आन्तरिक उपमहासचिवमा सन्तोष शाह विजयी हुनुभएकाे छ। यसैगरी महिला उपाध्यक्षमा गंगा पोखरेल निर्वाचित भएके छ। कोषाध्यक्षमा उज्ज्वल गौतम तथा सह–कोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित हुनुभएकाे छ।

नयाँ नेतृत्व चयनसँगै निर्माण क्षेत्रका विद्यमान समस्या समाधान, व्यवसायीको हक–हित संरक्षण तथा नीतिगत सुधारमा महासंघले थप सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *