अमेरिकाका नयाँ राष्ट्रपति बाइडेनले कोरोनाको नियम परिर्वतन गरे

इन्भेष्टाेपेपर । कार्तिक २५, २०७७

अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोरोना भाइरस सम्बन्धी नियम परिवर्तन गर्न भनेका छन् । उनले  अमेरिकीलाई मास्क लगाउन अपिल गरेका छन्।

तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी मास्क नै देखिएको हुँदा सबै अमेरिकीलाई अनिवार्य मास्कको प्रयोग गर्न उनले आग्रह गरेका हुन् ।

नोभेम्बर ३ मा भएको चुनावमा पराजित भए पनि हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मास्कलाई लिएर सदैव आशंका व्यक्त गर्दै आएका छन् । कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासका लागि राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो टास्क फोर्स घोषणा गरेका छन् । (एजेन्सी)  

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *