अमेरिकी सेनालाई देश निकाला गरिए इराकविरुद्ध कडा प्रतिबन्धः डोनल्ड ट्रम्प

Investopaper, पौष २२, २०७६-

सन् २०१६ मा राष्ट्रपति बनेयता ट्रम्पले इरानप्रति एकदमै कठोर नीति लिएका छन्। अमेरिकाले गत हप्ता एकजना वरिष्ठ इरानी सैन्य नेता कासिम सुलेमानीलाई बग्दादमा मारिदिएका थिए।

वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको मृत्यु पछि मध्यपूर्वमा तनाव चुलिएको छ। यसैको विरोध गर्दै इराकी संसद्‌ले अमेरिकी सेनालाई देश छोड्न भनेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले इराकविरुद्ध कडा प्रतिबन्ध लगाइदिने धम्की दिएका छन्।

ट्रम्पले संवाददाताहरूसँग भने- “हाम्रो निकै महँगो हवाई अखडा त्यहाँ छ। त्यो बनाउन अर्बौँ डलर लाग्यो। हामीलाई त्यो रकम नतिरेसम्म हामी [इराक] छोड्दैनौँ।”

बयसट्ठी वर्षीय सुलेमानीको प्रभावशाली नेता र उनको नेतृत्वमा मध्यपूर्व इरानी सैन्य गतिविधि सञ्चालित थियो। तर अमेरिकाले उनलाई आतङ्ककारी सरह मानेको थियो। उनको मृत्यु पछि इरानले आफ्नो प्रभावशाली सैन्य नेताको हत्याको बदला लिने उद्घोष गरेको केहि घन्टामै सोमवार इराक स्थित अमेरिकी दूतावासमा मा अज्ञात समूहले बमवारी गरेको छ र क्षेतिको बिवरण आउन बाकी छ्।

उनको पार्थिव शरीर इराकबाट स्वदेश लगेपछि सोमवार बिहान हजारौँ मानिसहरू तेहरानमा उनको शवयात्रामा सहभागी भएका थिए। सुलेमानी इरानको सर्वोच्च सैन्य नेता मात्र नभएर इस्लामिक रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी) अन्तर्गत रहेको विशेष सैन्य बल ‘कूड्स फोर्स’का प्रमुख थिए। आफना राष्ट्र नायकको हत्या बिरुद्ध उनका उत्तराधिकारीले अमेरिकालाई मध्यपूर्वबाट निकाल्ने वाचा गरेका छन्।

सुलेमानीका उत्तरअधिकारी भन्छन्, -“हामी शहीद सुलेमानीको बाटोमा उत्तिकै बलसहित हिँड्ने वाचा गर्छौँ… र हाम्रा लागि अमेरिकालाई यो क्षेत्रबाट हटाउनु मात्र क्षतिपूर्ति हो,” इस्माइल कानीलाई उद्धृत गर्दै इरानी सरकारी रेडिओले भनेको छ।

ट्रम्प के भन्छनः इराकले अमेरिकी सेनालाई देश छोड्न भनेपछि?

राष्ट्रपति ट्रम्पले सञ्चारमाध्यमसँग कुरा गर्दै यदि इराकले अमेरिकी सेनालाई देश छोड्न भन्यो भने इराकविरुद्ध कहिल्यै नभोगेको प्रतिबन्धहरू लगाउने बताए। इराकमा इस्लामिक लडाकु समूह विरुद्ध युद्ध हुँदा बनेको अन्तर्राष्ट्रिय गठबन्धनअन्तर्गत अहिले  झन्डै १४,००० अमेरिकी सैनिक रहेका छन्। ट्रम्पले यसो भन्दै गर्दा अमेरिकी दूतावासमा आक्रमण गरिएको छ र ट्रम्पले त्यसको घोर बिरोध गरेका छन्।

उक्त गठबन्धनले आइतवार विज्ञप्ति जारी गर्दै आईएसविरुद्धको कारबाही रोकिएको बताएको थियो। प्रभावशाली नेता सुलेमानी मारिएपछि मध्यपूर्वमा तनाब बढ्ने डरले इराकको संसद्ले विदेशी सेनालाई देश छोड्न आह्वान गर्दै एउटा प्रस्ताव पारित गरेको छ। उक्त प्रस्ताव इरानसँग निकट सम्बन्ध भएको ठानिएको शिया मुस्लिमहरूको संसदीय समूहले अघि सारेको थियो।

इरान अमेरिकाको विरोध गर्दै के भन्छ?

अमेरिका र इरान बिच सन् २०१५ मा गरिएको पारमाणविक सम्झौताका प्रावधान खारेज गर्दै अब नमान्ने घोषणा गरेको छ र आउदा दिनमा अझ ससक्त्त तरिकाले परमाणु गतिबिधि बढाइने जनाएको छ। अमेरिका सन् २०१८ मा नै उक्त सम्झौताबाट बाहिरिएको थियो। उक्त सम्झौताका साझेदार जर्मनी, फ्रान्स, यूके र अमेरिका भएता पनि सन् २०१८ मा अमेरिका उक्त सम्झौताबाट बाहिरिएको थियो।

सोमवाेर उक्त घट्नालाई मध्यनजर गर्दै जर्मन, फ्रान्स तथा यूकेले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै इरानलाई “थप हिंसात्मक गतिविधि” नगर्न आग्रह गरेका छन्।

गत वर्ष इरानका राष्ट्रपति हसन रूहानीले युरिनियम पुन: सुचारु गर्ने धम्की दिएका थिए ।

केअमेरिकी सेनाले इराक छोडेर जान्छ त? के इरानले अमेरिका संग युद्धगर्ला त? आउदा दिनमा के हुन्छ समयले नै बाताउँला र नयाँ अपडेटको लागि केहि समय पर्खनुहोला। बाँकी …………………

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *