आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा लक्ष्यभन्दा २३ करोड बढी राजस्व संकलन

इन्भेष्टोपेपर । बैशाख ९, २०७

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा कुल ६ अर्ब २१ करोड ९६ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

सो अवधिमा कार्यालयले ५ अर्ब ९९ करोड ५ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यमा २२ करोड ९० लाख ९९ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए।     
     
 गएको आवको यसै अवधिमा सङ्कलित राजस्वभन्दा चालू आर्थिक वर्षमा १ अर्ब ३३ करोड १० लाख ९ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न कार्यालय सफल भएको छ । कार्यालय प्रमुख सापकोटाले अन्तःशुल्कमा उल्लेखनीय प्रगति हुन नसके पनि समग्र राजस्व सकलनमा प्रगति भएको र विस्तारै अन्तःशुल्क वृद्धि हुने सङ्केत देखिएको बताए ।

उनले अन्तःशुल्क चालू आर्थिक वर्षमा गएको वर्षको सो अवधिको तुलनामा १५ प्रतिशत वृद्धि हुनु नै सकारात्मक संकेत हो भनेका छन् ।     
     
 कार्यालयले सो अवधिमा आयकरतर्फ २ अर्ब ४३ करोड छ लाख ३४ हजार रुपैयाँ, मूल्य अभिवृद्धिकरतर्फ १ अर्ब ८७ करोड ६२ लाख ४५ हजार रुपैयाँ र अन्तःशुल्कतर्फ १ अर्ब ९१ करोड २७ लाख ३६ हजार  रुपैयाँ संकलन गरेको छ । संकलित राजस्वमा आयकरमा १३२ प्रतिशत, मूल्य अभिवृद्धिकरमा १७० प्रतिशत र अन्तःशुल्कमा ६३ प्रतिशत प्रगति रहेको छ । अन्तःशुल्कमा गएको वर्षमा सो अवधिमा ४९ प्रतिशत मात्र प्रगति रहेको थियो ।     
     
गएको वर्षमा सो अवधिमा कार्यालयले ४ अर्ब ८८ करोड ८६ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालयले सोही अवधिमा कुल ६ अर्ब ८५ करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

गएको वर्ष राजस्व सङ्कलन हुनुमा अन्तःशुल्कमा प्रगति कम देखिएको थियो । कोरोनाका कारण बन्दाबन्दी हुनु, विकास निर्माणको काम ठप्प हुनु र मदिराजन्य पदार्थको उत्पादन एवं विक्री पनि न्यून देखिकाले अन्तःशुल्कबापत सङ्कलन हुने राजस्व कम भएको प्रमुख सापकोटाको भनाइ छ ।     
     
 गएको वर्षमा सो अवधिमा आयकरमा ८६ प्रतिशत, मूल्य अभिवृद्धिकरमा १०४ प्रतिशत र अन्तःशुल्कमा ४९ प्रतिशत मात्र प्रगति भएको थियो । विस्तारै अर्थतन्त्रमा आएको सुधार र आर्थिक क्रियाकलाप बढेकाले चालु आवमा राजस्वमा सकारात्मक सङ्केत देखिएको प्रमुख सापकोटाको भनाइ छ ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *