इन्डियन फिल्म एकेडेमी अवार्ड २०१९ काठमाडौंमा हुने

Investopaper, असार १३, २०७६

काठमाडौँ — अन्तर्राष्ट्रिय इन्डियन फिल्म एकेडेमी अवार्ड २०१९को संस्करण काठमाडौंमा हुने भएको छ । उक्त अवार्ड नेपाल पर्यटन बोर्डको नेतृत्व र काठमाडौं महानगरपालिकाको सहआयोजनामा हुन लागेको छ । 

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारले यस सम्बन्धि जानकारी दिएको हो ।

मन्त्रिपरिषद बैठकले काठमाडौं महानगरपालिका सहआयोजक रहने गरी नेपाल पर्यटन बोर्डको नेतृत्वमा आईआईएफए अवार्ड, २०१९ आयोजना गर्न स्वीकृति दिइएको छ । उक्त अवार्ड कहिले हुने बारेमा खुलाइएको छैन ।

याे अवार्ड वितरण कार्यक्रम भारतका प्रमुख शहर लगायत विश्वका बिभिन्न देशहरूका आयाेजना गरिन्छ । सन २०१८ काे उँन्नाइसाै सस्करण थाइलैण्डकाे राजधानी बैंककमा जून २२ – २४ मा आयाेजना गरिएकाे थियाे । यसपाली काठमाण्डाैमा हुने बिसाैं सस्करण हाे ।

भारतीय फिल्म जगतका चर्चित नायक अमिताव बच्चन यस कार्यक्रमका शुरूदेखिका ब्राण्ड एम्वेस्डर हुन । अवार्डकाे शुरूवात गरेकाे दश वर्षमा (सन २००९) देखि ५ वटा भिन्नभिन्न बिधामा बिशेष पुरस्कार दिने व्यवस्थाकाे थालनी गरिएकाे छ ।

विशेष पुरस्कारमा स्टार अफ द डिकेड (महिला, पुरूष), मुभी अफ द डिकेड, म्यूजिक अफ द डिकेड र डाइरेक्टर अफ द डिकेड रहेकाछन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *