जनसेवी र स्वाभिमा लघुबित्तमा कतिले दिए त आवेदन। कति प्रतिशत चान्स छ पर्ने।
हिजो बन्द भएको जनसेवी र स्बाभिमान लघुबित्तको आईपिओमा भारी मात्रामा आवेदन परेको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलको अनुसार बैशाख २७ बाट जारी गरिएको जनसेवीको आईपिओमा ३ लाख ३६ हजार भन्दा बढीले आवेदन दिएका छन्।
४,६३,००० कित्ता शेयर जारी गरेको जनसेवीको शेयर १० कित्ताको दरले जम्मा ४३,२२९ जनामा चिट्ठा मार्फत बाँडफाँट हुनेछ। यस हिसाबले जनसेवीको १० कित्ता शेयर जम्मा १२ प्रतिशत आवेदकले पाउने छन्। अझै सरल हिसाबमा बुझ्दा ८ जना आबेदकमा १ जनाले मात्र जनसेवीको शेयर पाउने छन्।
यसैगरी १.९८ लाख कित्ता शेयर जारी गरेको स्वाभिमानमा पनि लगभग ३.३ लाखले आवेदन भरेका छन्। बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलको अनुसार स्वाभिमानको आईपिओमा ३३ गुणा भन्दा बढी आबेदन परेको छ। जम्मा १८,५५९ जनामा बाँडफाँट हुने १० कित्ता शेयर तपाईलाई पर्ने चान्स भनेको १८ जनामा १ लाई पर्न जति हो।
