जागिरकाे प्रलाेभन देखाइ भारततर्फ लैजाँदै गरिएका दुई युवतीकाे उद्धार

माघ १७, २०७६ | Investopaper

झापा – वैदेशिक रोजगारको प्रलोभन देखाइ भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रहरीले उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरेकाे छ । 

पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका ४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । सुदीपलाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाइ अनुसन्धान भैरहेको उहाँले जानकारी दिनुभयो । 

अभियुक्त सुदीपले काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया युवतीलाई भारतमा २२ हजार रुपैयाँकाे जागिर लगाइ दिने प्रलोभन देखाइ लैजाँदा गरेको अवस्थामा बिहीबार काँकडभिट्टाबाट ‘साना हातहरु नेपाल’ नामक संस्था र प्रहरीले संयुक्तरुपमा उद्धार  गरेका थिए ।

उद्धार गरिएका युवतीलाई सस्थाको संरक्षण गृहमा राखिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *